मंगलबार, पुष ८, २०८२

ह्वावे कनेक्ट २०२२ को बैंककमा ग्लोबल टुर सुरु ‘अनलिस डिजिटल’

नेपालखोज २०७९ असोज ४ गते ११:५५

बैंकक । ह्वावे कनेक्ट २०२२ ह्वावेको विश्वव्यापीआईसीटी उद्योगको लागि ७ औं वार्षिक फ्लाग्शिप कार्यक्रम आज बैंककमा सुरु भएको छ । यस वर्षको कार्यक्रमको विषयवस्तु “अनलिश डिजिटल” रहेको छ जसमा विश्वभरका १०,००० भन्दा बढी आईसीटी उद्योगका लिडर, विज्ञ र साझेदारहरूलाई कसरी डिजिटल उत्पादकतालाई अझ प्रभावकारी रूपमा अनलाईन गर्ने, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र बलियो डिजिटल इकोसिस्टमहरू निर्माण गर्ने भनेर अन्वेषण गर्ने रहेको छ ।

कार्यक्रममा ह्वावेले विभिन्न उद्योगहरूमा डिजिटल विकासलाई अगाडि बढाउनका लागि चालेका कदमहरू सेयर गर्यो र विश्व बजारका लागि १५+ इनोभेटिव क्लाउड सेवाहरू जारी गर्यो ।

सबै उद्योगहरूलाई डिजिटल बनाउन मद्दत गर्न तीन पहलहरू
कार्यक्रम सुरु गर्न ह्वावेका रोटेटिंग अध्यक्ष केन हुलेआईसीटी इकोसिस्टमले डिजिटल रूपान्तरणमा रहेका सामान्य अवरोधहरू तोड्न मद्दत गर्न सक्ने तीनवटा तरिकाहरू उल्लेख गर्दै किइनोट डेलिभर गर्नुभयो :

-थप बलियो कनेक्टिभिटि र थप बलियो, अधिक विविध कम्प्युटिङ स्रोतहरूसहित डिजिटल पूर्वाधार बढाउने ।
-लीपफ्रग विकासलाई ड्राइभ गर्ने उन्नत प्राबिधिक सेवाहरूमा ध्यान केन्द्रित गर्दै, सङ्गठनहरूलाई साधारण क्लाउड अपनाउन र साँच्चै क्लाउडको अधिकतम फाइदा लिन मद्दत गर्ने ।

-स्थानीय डिजिटल इकोसिस्टमहरू निर्माण गर्ने, पार्टनर विकास, डिजिटल प्रतिभा पुललाई बलियो बनाउने र S&Ms को लागि थप समर्थन प्रदान गर्ने ।

पछिल्लो दुई वर्षमा GDP वृद्धि अस्थिर छ । यद्यपि, २०२१ मा १५% भन्दा बढी गरी डिजिटल अर्थतन्त्रले विश्वव्यापी स्तरमा निरन्तर वृद्धि देखेको छ । यसले धेरै संस्थाहरूलाई आफ्नो सञ्चालन र सेवा प्रस्तावहरूलाई अर्को पुस्ताको डिजिटल प्रविधिमा परिवर्तन गर्न प्रेरित गरेको छ ।

“डिजिटल हुनु स्पष्ट रूपमा सही विकल्प हो,” हुले भन्नुभयो । “माग त्यहाँ छ र प्रविधिहरू पनि त्यहीँ छन् । संसारले डिजिटल उत्पादकतालाई खोली रहेको छ र यो अहिले नै भइरहेको छ ।”

इन्डोनेसियामा नयाँ ह्वावे क्लाउड क्षेत्र र १५+ नयाँ सेवाहरू
कार्यक्रममा ह्वावे क्लाउडका CEO झांग पिंगएनले इन्डोनेसिया र आयरल्याण्डमा नयाँ ह्वावे क्लाउड क्षेत्रहरू सुरू गर्ने घोषणा गर्नुभयो । सन् २०२२ को अन्त्यसम्ममा ह्वावे क्लाउडले १७० भन्दा बढी देश र क्षेत्रका लागि सेवाहरू बढाउँदै विश्वका २९ वटा क्षेत्रहरूमा ७५ उपलब्धता क्षेत्रहरू सञ्चालन गर्नेछ ।

ह्वावे क्लाउड र यसका साझेदारहरूले पनि “गो क्लाउड, गो ग्लोबल” इकोसिस्टम योजना सुरु गर्ने यो अवसरको फाइदा उठाए । (Everything a Service) एव्रिथिङ एज अ सर्विसमा ध्यान केन्द्रित गर्दै योजना संयुक्त इनोभेसन र सेर्यड सफलताको लागि विश्वव्यापी डिजिटल उद्योग इकोसिस्टमको विकासलाई गति दिन डिजाइन गरिएको हो ।

एव्रिथिङ एज अ सर्विसमा ध्यान केन्द्रित गर्दै ह्वावे क्लाउडमा आविष्कारहरूका लागि उद्योग-अग्रणी प्लेटफर्म निर्माण गर्न प्रतिबद्ध छ । यी प्रयासहरूको एक भागको रूपमा ह्वावे क्लाउडको ग्लोबल मार्केटिङ र बिक्री सेवाका अध्यक्ष ज्याकलिन शिले Huawei Cloud CCE Turbo, Ubiquitous Cloud Native Service (UCS), Pangu Wave Model, DataArts LakeFormation, Virtual Live, CodeCheck र CloudTest, KooMessage, KooSearch र KooGallery सहित १५ नयाँ उन्नत सेवाहरूको विश्वव्यापी सुरुवातको घोषणा गर्नुभयो ।

साझा सफलताको लागि स्थानीय इकोसिस्टमहरू निर्माण गर्दै
कार्यक्रममा ह्वावेले खुला सहयोग र सेर्यड सफलताको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गरेको थियो । कम्पनीले सरकार र उद्यमहरूलाई स्थानीय डिजिटल इकोसिस्टमहरू उत्पादन गर्नका लागि थप नजिकबाट काम गर्न आह्वान गरेको छ जसले इनोभेसन साझेदारहरू निर्माण गर्दछ, प्रतिभा पूललाई बलियो बनाउँछ र स्टार्टअपहरूलाई समर्थन गर्दछ ।

आफ्नो किइनोटमा ह्वावे एशिया-प्यासिफिक क्षेत्रका अध्यक्ष साइमन लिनले डिजिटल फर्स्ट इकोनोमी ह्वाइटपेपर जारी गर्नुभयो जसले एशिया-प्यासिफिक क्षेत्रमा डिजिटल पूर्वाधार निर्माण र डिजिटल अर्थव्यवस्था विकासका लागि लक्षित नीति सुझावहरू समावेश गर्दछ ।

“एशिया-प्यासिफिक क्षेत्र विश्वव्यापी डिजिटल परिदृश्यको अगाडि उभिएको छ,” लिनले भन्नुभयो । “ह्वावे यस क्षेत्रको डिजिटल अर्थतन्त्रमा प्रमुख योगदानकर्ता बन्न प्रतिबद्ध छ । हामी यसको डिजिटलाइजेशन र दिगो विकास प्रयासहरूलाई समर्थन गरिरहनेछौं, र उद्योग इकोसिस्टमको निर्माण गर्नेछौं ।”

कार्यक्रममा एसिया प्यासिफिक क्षेत्रका सरकारका प्रतिनिधिहरुको एक विशिष्ट समूहले पनि आ–आफ्नो देशमा डिजिटल अर्थतन्त्रको विकासलाई अगाडि बढाएर गरेको प्रगति सेयर गर्न मञ्च लिएका थिए । सुपत्तानापोङ पुन्मिछाओ, थाइल्याण्डका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री; छैवुत थानाकामनुसोर्न, थाइल्याण्डका डिजिटल अर्थव्यवस्था र समाज मन्त्री; एअरलाङ्गा हर्तार्तो, गणतन्त्रिक इन्डोनेसियाको कोओर्डिनेटिंग आर्थिक मामिला मन्त्री; मुहम्मद अब्दुल मन्नन, बंगलादेशका योजना मन्त्री; डेवीड अल्मिरोल, ई-सरकारका अन्डरसेक्रेटरी, सूचना तथा सञ्चार प्रविधि विभाग, फिलिपिन्स; र डा. याङ मी एङ, आसियान फाउन्डेसनका कार्यकारी निर्देशक यसमा समावेसी छन् ।

२०२२ मा बैंककमाको तीनदिने सम्मेलन ह्वावे कनेक्टको विश्वव्यापी भ्रमणको पहिलो स्टप हो । दुई किनोट सेसनहरू, छ वटा शिखर सम्मेलन, साथै धेरै ब्रेकआउट सेसन र डेमोहरू प्रस्तुत गर्दै, यस वर्षको कार्यक्रमले सरकार र उद्यमहरूले उनीहरूको डिजिटल रूपान्तरण यात्राको सबै चरणहरूमा सामना गर्ने चुनौतीहरू, डिजिटल पूर्वाधारमा ह्वावेको प्रगतिहरू, साथै कम्पनीको क्लाउड सेवा र इकोसिस्टम साझेदार सोलुसनहरू बारे जानकारी दिन्छ ।

ह्वावे कनेक्ट २०२२ को बारेमा
ह्वावे कनेक्ट विश्वव्यापीआईसीटी उद्योगको लागि आयोजित एक उद्योग सम्मेलन हो । यसले खुला, सहकारी र सेर्यड प्लेटफर्म निर्माण गर्ने लक्ष्य राखेको छ । उद्योग विचारका लिडरहरू, व्यापार कार्यकारीहरू, प्राविधिक विशेषज्ञहरू, अग्रगामीहरू, इकोसिस्टम साझेदारहरू, एप्लिकेसन सेवा प्रदायकहरू र विकासकर्ताहरूलाई हामीसँग औद्योगिक इनोभेसन प्रवर्द्धन गर्न र खुला र विजयी इकोसिस्टम निर्माण गर्नका लागि स्वागत छ । ह्वावे कनेक्ट २०२२ ले विश्वव्यापी यात्रा सुरु गरेको छ, बैंकक, थाइल्याण्ड, दुबई, यु. ए. ई., पेरिस, फ्रान्स र चीनको शेन्जेन पुगेर तपाईंसँग डिजिटल अनलिसिङमा संलग्न छन् ।

प्रतिक्रिया