शनिबार, जेठ ४, २०८२

‘अमेरिकासँग व्यापार सम्झौता गर्ने अपेक्षा छैन’

नेपालखोज २०७९ असोज ४ गते १६:४८

न्युयोर्क । बेलाइतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताएकी छन् ।

बेलाइतको प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नो पहिलो विदेश भ्रमाणका क्रममा अमेरिका आएकी उनले आफ्नो भ्रमण दलमा रहेका पत्रकाररूसँग विमानमा कुरा गर्दै वर्षौँसम्म बेलाइत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौता नहुने स्पष्ट गरिन् । अमेरिकासँगको व्यापार सम्झौता आफ्नो प्राथमिकता नभएको पनि उनले बताइन् ।

संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिन आएकी ट्रसले आफ्ना पूर्ववर्ती कन्जरभेटिभ पार्टीका बोरिस जन्ससन र थेरेसा मेका अडान विपरीत अमेरिकासँगको व्यापार सम्झौतालाई प्राथमिकता दिएकी छैनन् । युरोपेली सङ्घबाट बाहिरिँदा दुवै प्रधानमन्त्रीले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग व्यापार सम्झौता गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रधामन्त्री ट्रसले भारत, साउदी अरब, कतारलगायत गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्ट्रसँग व्यापार सम्झौता पहुँच विस्तार आफ्नो प्राथमिकता भएको बताइन् । दुई साताअघि प्रधानमन्त्रीको कार्यभार सम्हाल्लेकी उनले भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति बाइडेनसँग बुधबार हुने भेटले अधिनायकवादीहरूका विरुद्ध बेलाइत र अमेरिका एकसाथ रहेका तथा सामूहिकरूपमा रूसी आक्रमणविरुद्ध उभिन बेलाइत–अमेरिका समर्थ छन् भन्ने सन्देश गर्ने प्रधानमन्त्री ट्रसले बताइन् ।

प्रतिक्रिया