मंगलबार, पुष ८, २०८२

रिलायन्स लाइफ इन्स्योरेन्सको वृहत रक्तदान कार्यक्रम सम्पन्न

नेपालखोज २०७९ असोज ५ गते १९:०७

काठमाडौं । हाल देशमा महामारीको रुपमा डेंगु रोग फैलिरहेको छ । नेपाल सरकारले डेंगी रोगले नेपालभर १२ हजारभन्दा मानिसहरु यसबाट संक्रमित भइसकेका छन् । अत नेपालमा यही रोगको कारण रगत अभाव हुँदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीको केन्द्रिय कार्यालयमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाडाैं, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए । यसका साथसाथै विभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए ।

यस महामारीको समयमा रक्तदान कार्यक्रम आयोजना गरि रगत उपलब्ध गराउन सफल भएको र नेपाल रेडक्रस सोसाइटीको समेत भरपुर सहयोग भएकोमा रिलायन्स लाइफ इन्स्योरेन्स गौरव महशुष गर्दछ र हामीले गरेका यस महान कार्यबाट धेरै बिरामीहरुको ज्यान जानबाट सुरक्षित हुन मद्दत पुग्नेमा कम्पनी विश्वस्त रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्री राकेश पोख्रेलले बताए ।

यस रक्तदान कार्यक्रममा १०० जनाभन्दा बढी मानिसहरुको उपस्थिति भई रक्तदान गरिएको थियो । रिलायन्स लाइफ इन्स्योरेन्सको हाल देशभर १२४ शाखाहरु रहेका छन् भने १५०० भन्दा बढी कर्मचारीहरु रिलायन्स लाइफमा कार्यरत छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा रहेको छ । जीवन बिमा सम्बन्धी कुनैपनि जानकारीका लागि कम्पनीको २४/७ सम्र्पक सेन्टर स्थापना गरेका छ जसअन्र्तगत फेसबुक, ट्विटर, इन्स्टाग्राम र लिंकडेन रहेका छन् ।

जसबाट यस प्लेटफर्ममार्फत सर्वसाधारणले जीवन बिमाको आवश्यकता, त्यसका प्रकारहरू बारे सामान्य रूपमा जान्न , कम्पनी तथा यसका उत्पादनहरू बारे जानकारी प्राप्त गर्न सक्नेछन् । यसबाहेक, ग्राहक र रिलायन्स साथी (एजेन्टहरू) ले समेत यी माथिका प्लेटफर्महरू प्रयोग गरेर प्रतिक्रिया दिन, सुझाव दिन र आफ्ना प्रश्नहरू स्पष्ट गर्न सक्छन् । डिजिटल प्रबिधिमा आफना सेवाहरु समाहित गर्दै रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स एप मार्फत आफना सेवाहरु ग्राहकमाझ पस्केको छ ।

यसबाट आम ग्राहकहरुले बिमालेखको नवीकरण तथा भुक्तानी मिति , परिवारजनको बिमालेखहरु लींक गर्न सकिने , परिपक्व तथा व्यतित बिमालेखबारे सम्पुर्ण जानकारी पाउनुका साथसाथै कम्पनीको विभिन्न बिमा योजना, उमेर बमोजिक रकम गणना, लगायतका सम्पुर्ण सुविधाहरु यस एप्समार्फत आम ग्राहकहरुले पाउन सक्नेछन् ।

प्रतिक्रिया