मंगलबार, वैशाख १८, २०८१

४७ खर्ब २१ अर्ब कर्जा प्रवाह गर्दा सिडी रेसियो ८७ दशमलव ६१ प्रतिशतमा कायम

नेपालखोज २०७९ असोज ६ गते १३:४०

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप यही असोज ३ गतेसम्ममा ५० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार उक्त मिती सम्ममा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ६० वटा संस्थाहरुको उक्त परिमाणमा निक्षेप रकम पुगेको छ ।

उक्त निक्षेप रकम मध्ये वाणिज्य बैंकहरुले मात्र संकलन गरेको निक्षेप रकम ४४ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ भने विकास बैंक र फाईनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप रकम ६ खर्ब दुई अर्ब रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार यही असोज तीन गतेसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने ४७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जा मध्येमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम ४१ खर्ब ८३ अर्ब र विकास बैंक तथा फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ ।

बैंक तथा फाईनान्स कम्पनीहरुले उक्त परिमाणमा निक्षेप तथा कर्जा प्रवाह गर्दा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी) रेसियो भने ८७ दशमलव ६१ प्रतिशत कायम रहेको राष्ट्र बैंकको भनाई छ । यस अवधिमा बैंकिङ क्षेत्रको अन्तर बैंक व्याजदर भने आठ दशमलव ६१ प्रतिशत कायम रहेको छ ।

प्रतिक्रिया