शनिबार, वैशाख १३, २०८२

४० अर्ब रुपैयाँ ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

नेपालखोज २०७९ असोज ६ गते १६:१५


काठमाडौं । लगानीयोग्य रकम अभावको प्रभाव हटाउन नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव (तरलता अभाव) हटाउन बिभिन्न समयमा आफैले बिक्री गरेको ट्रेजरी बिल्स आफैले सोझै खरिद गर्न लागिएको हो ।

ट्रेजरी बिल्सको बोलकवोल मिती बोलकबोल भदौ छ गते अर्थात आज बिहिबार दिनको ३:०० बजेसम्म तोकिएको छ । ट्रेजरी बिल्सको खरिद मिती २०७९ असोज सात गते शुक्रबार तोकिएको र भुक्तानी मिती २०७९ पुस मसान्तसम्म तोकिएको छ । राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्ने छ ।

यसैगरी काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्ने छ । (उदाहरणको लागि १०० को ट्रेजरी बिल्स कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण पाँच करोड वा पाँच करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने जानकारी राष्ट्र बैंकले दिएको छ ।

प्रतिक्रिया