मंगलबार, असार ३, २०८२

सीको भ्रमणलाई भौतिक लाभसँग मात्रै जोडेर हेर्न हुँदैन : नेपाल

नेपालखोज २०७६ कार्तिक ५ गते २१:०६

५ कार्तिक, काठमाडौ । केही दिन अघि चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देश वीचको सम्वन्धलाई अझ उचाईमा पु¥याएको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।

काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले फिङको भ्रमणले नेपाल र चीनबीच सम्बन्ध स्थापना गर्न कोशेढुङ्गा सावित भएको धारणा राख्दै सीको भ्रमणबाट कुनै देश आत्तिनुपर्ने अवस्था नरहेको समेत बताए ।
“कोदारी राजमार्ग बन्दा पहिले कम्युनिष्ट मात्र त्यही बाटोबाट आउँछ भन्ने गरिएको थियो”, भन्दै, “त्यो बाटोमा विचार कुनै गाडीमा चढेर आउने होइन भन्ने बुझिएको थिएन । भ्रमणले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा उचाइ बढेको छ ।” उनले रेल, पूर्वाधार जस्ता भौतिक लाभमात्र नभई सीमा व्यवस्थापनसम्बन्धी सहमति गरेर राष्ट्रपति सीले नेपालको चाहनालाई सकारात्मक रुपमा बुझेको बताए।

“सीको भ्रमणलाई भौतिक लाभसँग मात्रै जोडेर हेर्न हुँदैन”, उनले भने, “अब नेपालले शान्ति, स्थायित्व, आर्थिक विकास र समृद्धिलाई ख्यालमा राखेर हाम्रा कदम चाल्नु पर्दछ । नेता नेपालले चीनसँगको सम्बन्धमा अहिलेसम्म कुनै समस्या भोग्नु नपरेको समेत बताए ।

प्रतिक्रिया