मंगलबार, वैशाख १८, २०८१

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकले दियाे ७ लाख

नेपालखोज २०७९ असोज १२ गते १९:३९


काठमाडौं । दुर्घटनामा परि असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बिमा बापतको रकम प्रदान गरेको छ ।

मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो । विराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ । मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए ।

२०७८ सालमा सवारी दुर्घटनामा परि उनको निधन भएको थियो । मेगा बैकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए ।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको छ ।

ग्राहक र उनहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले ग्राहकहरुका लागि यो योजना ल्याएको हो ।

प्रतिक्रिया