बेलाइती प्रधानमन्त्रीद्वारा विवादास्पद कर कटौतीको बचाउ
नेपालखोज
२०७९ असोज १३ गते १८:००

लन्डन । बेलाइतकी प्रधानमन्त्री लिज ट्रसले बुधबार गत हप्ता घोषणा गरिएको कर कटौतीको बचाउ गरेकी छन् । यद्यपि यसको चारैतिर विवाद देखिएको छ ।
‘हामीले हाम्रो अर्थतन्त्र बृद्धि गर्न, बेलायतलाई गतिशील बनाउन र मुद्रास्फीतिसँग सामना गर्न तत्काल कदम चाल्नुपरेको थियो त्यसैले यस्तो विवादास्पद र कठिन निर्णय लिनु पर्यो तर म प्रधानमन्त्रीको रूपमा त्यो गर्न तयार छु,’ उनले भनिन् । मिनी-बजेट छलफलपछि उहाँले बीबीसी र रेडियो लीड्स लगायतसँग सो कुरा बताएका हुन् । -रासस
सम्बन्धित
प्रतिक्रिया