स्थगित भए कक्षा ११ र १२ का सबै परीक्षा
नेपालखोज
२०७६ चैत २५ गते १४:२०
काठमाडौँ । सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका उच्च रहेकाले सरकारले परीक्षा स्थगित गरेको हो ।
तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले यस अघि कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
अब अर्को सूचना कोरोना जोखिम न्युन भए पश्चात मात्रै सार्वजनिक गरि परीक्षा सञ्चालन गरिने वोर्डले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया