शनिबार, जेठ ४, २०८२

पाकिस्तानमा आगलागी हुँदा ७ जनाको मृत्यु

नेपालखोज २०७९ असोज २१ गते २२:१०

इस्लामावाद । पाकिस्तानको पञ्जाव राज्यमा आगलागीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

पञ्जाबको फैसलाबाद शहरको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका पाकिस्तानी प्रहरीले पुष्टि गरेको छ ।

शहरको कारखाना बजार क्षेत्रमा रहेको भवनको माथिल्लो तलामा बिद्युत चुहावट हुँदा भचएको आगलागीका कारण दुर्घटना भएको हो ।

उद्धारकर्मीका अनुसार उक्त भवनमा करिब ३४ जना बस्दै आएका थिए । मृत्यु हुनेमा दुई बालक र दुई बालिका रहेका छन् भने एक बालिका बेपत्ता भएको र बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको उद्धारकर्मीले बताएका छन् ।

प्रतिक्रिया