शनिबार, जेठ ४, २०८२

बाढीका कारण नाइजेरियामा २४ जनाकाे मृत्यु

नेपालखोज २०७९ असोज २२ गते १८:००

लागोस । नाइजेरियाको उत्तरी राज्य कातिस्नामा आएको बाढीमा परेर कम्तीमा पनि २४ जनाको ज्यान गएको छ । साथै सो बाढीका कारण अरु कम्तीमा पनि १८ हजार जना विस्थापित भएका छन् ।

विस्थापितहरुलाई विद्यालयलगायतका विभिन्न अस्थायी शिविरहरुमा राखिएको यहाँको सरकारले जनाएको छ । यस वर्षको मनसुनी वर्षाका कारण उनीहरु विस्थापित भएका हुन् नाइजेरियाको विपद् व्यवस्थापन केन्द्रले शुक्रबार दिएको जानकारीअनुसार यहाँको उक्त राज्यका १६ हजार छ सय २५ ओटा घरमा सो बाढीले क्षति पुर्याएकोको थियो ।

यस वर्षको मनसुनी वर्षाका कारण यहाँका कम्तीमा पनि ३४ जिल्लामा क्षति पुर्याएकोसो केन्द्रले जनाएको छ । अहिले पनि मनसुनी वर्षा जारी नै रहेकाले सतर्कता अपनाउन यहाँका विपद् व्यवस्थापन अधिकारीहरुले सूचित गरेका छन् ।

प्रतिक्रिया