स्टान्डर्ड चार्टड बैंकको पहिलो त्रैमासिक नाफा ८१ करोड १३ लाख

काठमाडौं । स्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ४८ करोड १८ लाख ४७ हजार रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पूँजी नौं अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब ७२ लाख ९६ हजार रुपैंयाँ निक्षेप संकलन गरी ७९ अर्ब २१ करोड ८३ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ४१ करोड ४० लाख ९० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा सात दशमलव ८७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ४८ करोड ५५ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ९३ अर्ब ७२ करोड १९ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १९ करोड ७४ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ८६ करोड ८४ लाख ३४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव शुन्य छ प्रतिशत रहेको थियो ।








प्रतिक्रिया