आकर्षक सहकारीले सुरु गर्यो ‘एकोलमार्ट डटकम’,अर्डर गर्नासाथ सामान घरमै

काठमाडौं । आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान विक्री गर्न इ–कमर्श साइड ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ । लक्ष्मीपूजाको अवसर पारेर सहकारीले आज एक कार्यक्रम गर्दै ‘एकोलमार्टको उदघाटन गरेको हो ।
बिगत १० बर्षदेखि उपभोक्ता तथा कृषि क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आइरहेको सहकारीले यसअघि दराज अनलाइनसँग सहकार्य गर्दै आफना उपत्पादनहरु बजारमा विक्रि गर्दे आएको थियो । बजारमा आफ्ना उत्पादनहरुको माग तिव्र बढ्न थालेकोले आफैँले आधुनिक अनलाइन सपिङ पेल्टफर्म ‘एकोलमार्ट डटकम’ साइट सुरु गरेको संस्थाका अध्यक्ष दिपकप्रसाद घिमिरेले बताए ।
निकट भविष्यमै आफनो सेवा देशैभर पुर्याउने लक्ष्य राखेको एकोल मार्टले अहिले भने उपत्यकाको तीन जिल्लामा सेवा सुरु गरेको घिमिरेले बताए । आम उपभोक्तालाई सहकारी आफैले उत्पादन गरेका तथा दशैभरबाट संकलन गरिएका अग्र्यानिक उत्पादनहरु घर–घरमै उपलब्ध गराउने अभिप्रायले इ–कमर्श साइड ‘एकोलमार्ट डटकम’ सुरु गरिएको बताए ।
एकोल मार्टले अग्यानिक खाद्यजन्य, जडिबुटिजन्य, तरकारी, फलफुल, माछा, विभन्न प्रजातीका फुलहरु तथा औषधीजन्य उत्पादनहरु गरी करिव ५ सय प्रोडक्टहरु विक्रिका लागि बजारमा ल्याएको उनले बताए । त्यसलाई क्रमश विस्तार गर्दै लैजाने सहकारीको योजना भएको उनले बताए ।
एकोलमार्ट डटकमका आइटी प्रमुख इ.प्रदीप भटराइले उपभोक्ताहरुले एकोलमार्ट डटकम लगिन गरेर सजिल्लै रजिष्टेशन गर्न सक्ने र आफुलाई आवश्यक वस्तुहरुको अर्डर गर्न सक्ने बताए । उनले कुनैपनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा भएको बताए । एकटकमा १० ओटा प्रोडक्टसम्म अर्डर गर्न सकिने उनले बताए । मोबाइल तथा इन्र्टरनेटबाट घरमै बसेर विभिन्न उपभोक्ता वस्तुहरु किनमेल गर्न सहज होस् भनेर एकोलमार्ट डटकम सुरु गरिएको उनले बताए । साइडको फिचरलाई क्रमश ग्राहकमैत्री बनाउँदै लैजाने पनि उनले बताए ।








प्रतिक्रिया