सोमबार, पुष ७, २०८२

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: न्यौपाने

नेपालखोज २०७९ कार्तिक १७ गते ११:५१

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको यही कार्तिक १६ गते बुधबार बसेको पाँच सय ७३ औं बैठकले न्यौंपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको हो ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतकोरुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मिति २०७९ मंसिर १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप चार वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको छ ।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हाँसिल गरेपछि बैंक सञ्चालक समितिको मिति २०७५ मंसिर १६ को तीन सय ७९ औं बैंठकले उहाँलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भएका थिए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका थिए ।

उनी बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ । सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनको नेतृत्वमा बैंकलाई मध्यम स्तरको बैंकबाट उच्च स्थानको बैंकमापुर्याने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आ.व. सन् २०१९/२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । बैंकले चालू आ.व. २०७९÷८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ । चालू आ.व.को पहिलो त्रैमासमा खुद मुनाफातर्फ एक अर्ब ७५ करोड रुपैंया आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ ।

जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । त्यसैगरी स्व–पूँजीमा प्रतिफल २६ दशमलव ५५ प्रतिशत र वार्षिक प्रति शेयर आम्दानी ५९ रुपैंयाँ ६२ पैसा आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । चालू आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम दुई खर्ब ७३ अर्ब १० करोड र निक्षेपतर्फ कुल निक्षेप संकलन तीन खर्ब आठ अर्ब १८ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुँदा आ.व. २०७३÷७४ मा बैंकको वासलातको आकारमा १० औं स्थान थियो । उक्त वर्ष एक खर्ब एक अर्ब १९ करोड रुपैयाँ रहेको वासलातको आकार गत आ.व.सम्ममा झन्डै चार गुणाले वृद्धि हुँदै तीन खर्ब ५८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । आ.व. २०७८/७९ मा यो समग्र वाणिज्य बैंकिङ्ग क्षेत्रमा दोस्रो स्थान हो ।

सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको वासलातको आकार दुई दशमलव १८ गुणाले वृद्धि भएको छ । त्यस्तै, २०७३/७४ मा ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेर नौं औं स्थानमा रहेको यो बैंकले आ.व. २०७८/७९ मा ती दशमलव ७२ गुणाले वृद्धि गर्दै दुई खर्ब ६८ अर्ब २४ करोड रुपैंयाँ पु¥याउन सफल भएको छ । सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जाको वृद्धि दुई दशमलव ४३ गुणा मात्रै भएको थियो । त्यसैगरी बैंकले पाँच वर्षको अवधिमा निक्षेप संकलनमा पनि तीन दशमलव ४० गुणाले वृद्धि गरेको छ ।

आ.व. २०७३/७४ मा ८६ अर्ब सात करोड रुपैंयाँ निक्षेप संकलन गरेर नबौं औं स्थानमा रहेको बैंकले गत आ.व.सम्म आइपुग्दा निक्षेपको आकार दुई खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ पु¥याउँदै दोस्रो स्थानमा आइपुगेको छ, जुन यस आ.व.को प्रथम त्रैमाससम्मको नातिजामा समेत उत्कृष्ट नतिजा रहेको छ ।

समग्र बैंकिङ्ग क्षेत्रमा यस अवधिमा दुई दशमलव १७ गुणाले निक्षेप वृद्धि भएको छ । बैंकको चल्ती तथा बचत खाता (कासा डिपोजिट) मा पनि बैंकले चार दशमव १५ गुणाले वृद्धि गर्दै १२ औं स्थानबाट तेस्रो स्थानमा फड्को मार्न सफल भएको छ । आ.व. २०७३/ ७४ मा कासा डिपोजिट २८ अर्ब २७ करोड रुपैयाँ रहेकोमा गत आ.व.सम्म आइपुग्दा एक खर्ब १७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कासा डिपोजिट वृद्धि एक दशमलव ९३ गुणामात्र वृद्धि भएको छ ।

बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उल्लेख्य प्रगति गर्नुको पछाडिको मुख्य कारण आम ग्राहकहरुको प्रगाढ विश्वास दर्शाएका थिए । न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछिको पाँच वर्षको अवधिमा ग्राहक महानुभावहरुको संख्यामा छ गुणाले वृद्धि भएको छ । आ.व. २०७३/७४ मा पाँच लाख ७१ हजार ग्राहक रहेकोमा गत आ.व.सम्म आइपुग्दा ग्राहक संख्या ३४ लाख ५४ हजारभन्दा बढी पु¥याउन सफल भएको छ । साथै, कर्जा लिने ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

पाँच वर्षअघि ३० हजार छ सय कर्जा लिने ग्राहक संख्या रहेकोमा उक्त संख्या तीन गुणाले वृद्धि हुँदै गत आ.व. सम्म आइपुग्दा ९३ हजार आठ सय पुगेको छ । उक्त अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जा लिने ग्राहकको संख्यामा एक दशमलव ६६ गुणाले वृद्धि भएको छ । पछिल्लो समयमा बैंकले डिजिटल कारोबारमा पनि अग्रणी स्थान हासिल गरेको छ ।

आ.व. २०७३/७४ मा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुको संख्या एक लाख २१ हजार रहेकोमा गत आ.व.मा यो संख्या १६.३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार छ सय पुगेको छ । त्यसैगरी, इन्टरनेट बैंकिङ्गमा हेर्ने हो भने ४७ हजार नौं सयबाट तीन गुणा वृद्धि हुँदै एक लाख ४५ हजार छ सय भन्दा बढी पुगेको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा मोबाइल बैंकिङ्ग छ दशमलव ६० गुणा र इन्टरनेट बैंकिङ्ग एक दशमलव ६७ गुणाले वृद्धि भएको छ ।

साथै, एनआईसी एशिया बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्र्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । यस अवधिमा शाखा विस्तार, एटीएम एवं विस्तारित काउन्टरको संख्याको हिसाबले पहिलो नम्बरमा रहेको छ । पाँच वर्षअघि एक सय १९ शाखा कार्यालय र ७० एटीएम रहेकोमा गत वर्ष तीन सय ५९ शाखा र चार सय ७४ एटीएम पुगेका छन् । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा शाखा का¥र्यालय दुई दशमलव दुई गुणा, एटीएम दुई दशमलव २६ गुणाले वृद्धि भएको छ ।

आ.व. २०७३/ ७४ मा बैंकको कुल आम्दानी तीन अर्ब ४४ करोड १० लाख रुपैयाँ सहित बैंक ११ औं स्थानमा रहेकोमा गत वर्षसम्म आइपुग्दा बैंकले सो आम्दानी चार दशमलव २७ गुणाले वृद्धि गर्दै १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ पु¥याउन सफल भएको छ ।

यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कुल आम्दानी एक दशमलव नौं गुणाले वृद्धि भएको छ । साथै, बैंकको सञ्चालन नाफा चार दशमलव ३२ गुणाले वृद्धि भएको छ । आ.व. २०७३/७४ मा एक अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको संचालन नाफा गत वर्ष आठ अर्ब २ करोड ७० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको सञ्चालन नाफा एक दशमलव ८७ गुणाले वृद्धि भएको थियो ।

यस अवधिमा स्व–पूँजीमा प्रतिफल एक दशमलव शुन्य एक गुणाले वृद्धि गर्दै १९ दशमलव ५२ प्रतिशतबाट १९ दशमलव ६५ प्रतिशत, प्रति शेयर आम्दानी एक दशमलव ७८ गुणाले वृद्धि गर्दै २१ रुपैंयाँ ९६ पैसाबाट ३९ रुपैंयाँ १३ पैसा पुर्याउन सफल भएको छ ।

समग्र बैंकिङ्ग क्षेत्रको अवस्था हेर्ने हो भने यस अवधिमा स्व–पूँजीमा प्रतिफल शुन्य दशममलव ६० गुणा र प्रति शेयर आम्दानी शुन्य दशममलव ८४ गुणाले वृद्धि भएको छ । यस अवधिमा समग्र बैंकको बजार पुँजीकरण २९ अर्ब ७८ करोड रुपैयाँबाट दुई दशमलव सात गुणाले वृद्धि हुँदै ८० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया