उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
नेपालखोज
२०७९ कार्तिक १७ गते २०:४२

सोल । उत्तर कोरियाले ‘अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास विस्तार गर्ने बताएको केहीबेरमा उक्त प्रक्षेपण गरिएको हो ।
‘उत्तर कोरियाले अनिर्दिष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो,’ सियोलका जोइन्ट चीफ अफ स्टाफले बताएका छन् । विभिन्न प्रक्षेपणहरूमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल पनि समावेश रहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया