सोमबार, पुष ७, २०८२

११.११ अभियानको लागि ज्योति विकास बैंक र दराजबिच सम्झौता

नेपालखोज २०७९ कार्तिक १८ गते १४:२०

काठमाडौं । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११.११ (कार्तिक २५ गते, २०७९) देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ । माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ । तसर्थ, ग्राहकलाई छिटो कार्य गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न अनुरोध गरिन्छ ।

प्रतिक्रिया