एनसीसी बैंक र दराजबीच ११.११ मा छुट सम्झौता
नेपालखोज
२०७९ कार्तिक १८ गते २०:१९

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ ।एनसीसी बैंकका ग्राहकहरुले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ । यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया