शनिबार, पुष ५, २०८२

अमेरिकी सुरक्षा सल्लाहकार जेक सुलिभान र युक्रेनी राष्ट्रपति बीच भेटवार्ता

नेपालखोज २०७९ कार्तिक १९ गते १३:४०

वाशिङ्गटन । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गरेका छन् । जारी रुसी आक्रमणका बीचमा अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षा मन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग सँग आज कीभमा भेटवार्ता गरेको र युक्रेन त्यहाँका जनतालाई संयुक्त राज्य अमेरिकाको दृढ समर्थन रहेकोमा पुनः जोड दिइएको छू राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले सुलिभानले थप ४०० मिलियन अमेरिकी डलरको सुरक्षा सहायता प्याकेज घोषणा गरेको र त्यस सहायता प्याकेजमा नवीकरण गरिएको टी(७२ ट्याङ्कहरू, मानवरहित हवाई वाहनहरू र विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेका छन् ।

अमेरिकी सुरक्षा सल्लाहकारले पनि उनीहरूले आर्थिक र मानवीय सहायता जारी राख्ने र रुसलाई आक्रमणका लागि जवाफदेही बनाउन साझेदारहरूसँग जारी प्रयास जारी राख्ने बताएका छन् ।

यसअघि अमेरिकाले रुस–युक्रेन युद्धको बीचमा क्यालिफोर्नियाको टेट्रा टेक इन्कलाई ४७ दशमलव ६ मिलियन अमेरिकी डलर दिएर युक्रेनमा माइनिङ तालिम परियोजना शुरु गरेको थियो । रासस

प्रतिक्रिया