नेपाल बैंक र लुम्बिनी प्रदेश सरकारबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र लुम्बिनी प्रदेश सरकारबिच सम्झौंता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकको प्रादेशिक कार्यालय बुटवल र लुम्बिनी प्रदेश सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय संग उद्यम बिकास कोष संचालन नियमावली २०७७ अनुसार आ.व. २०७९–०८० को प्रस्ताव बमोजिम अनुदान ग्राही उदमीहरुलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता बमोजिम पाँच बर्षका लागि प्रवाह गर्ने ऋणमा ब्याज अनुदानको सिमा बढिमा तीन बर्षसम्म पाँच लाख रुपंैयामा नबढ्ने गरी ऋणको परिमाण निबेदकको माग बमोजिम प्रति उद्यमी अधिकतम २० लाख रुपैया सम्म हुनेछ । यस सम्झौता बमोजिम ब्याज अनुदानका लागि ११ करोड रुपैंया उक्त कोषमा बिनियोजन गरिएको छ ।
यस सम्झौता बमोजिम अनुदानग्राही उद्यमीहरुलाई कर्जा प्रदान गर्दा बैंकले सेवा शुल्क वाफत शुन्य दशमलव ४० प्रतिशत, नियमानुसार कर्जा सूचना शुल्क तथा बिमा प्रिमियम आदी मात्र शुल्क लिनेछ । बैंकले लिएको ब्याज त्रैमासिक रुपमा मन्त्रालयले शोधभर्ना गरी अनुदानग्राहीको खातामा जम्मा गर्ने ब्यबस्था मिलाईएको छ । ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता बमोजिम उद्यमीहरुले बैंकले माग गरेका कागजातहरु र बैंक नियमानुसारको धितो सुरक्षण र आबश्यक जमानत दिनु पर्नेछ ।
यही कात्र्तिक १७ लुम्बिनी प्रदेश सरकार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मुकाम बुटवलमा भएको उक्त सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट उप सचिव बिजय बहादुर कार्की तथा बैंकको तर्फबाट नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख शुशील कुमार नेपालले हस्ताक्षर गरेका हुन ।
नेपालभर २२२ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्गप्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।
बैंकले आगामी कार्तिक ३० गते आफ्नो ८६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गर्दै भब्यरुपमा मनाउन लागेको जानकारी पनि बैंकले दिएको छ ।








प्रतिक्रिया