महालक्ष्मी विकास बैंकको आवास र व्यावसायिक कर्जामा विशेष योजना सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरूलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरूलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको गरेको छ ।
बैंककाअनुसार आवास कर्जा योजना अन्तर्गत ’सपनाको सानो घर प्यारो घर, अब पुरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।
व्यावसायिक कर्जा योजना अन्तर्गत ’सरल र सुलभ व्यावसायिक कर्जा, पौरखी हातहरुलाई थप ऊर्जा’ ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरू गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।
घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरूका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पूर्ण शाखाहरूबाट उपलब्ध हुने बैंकले जानकारी दिएको छ । १०३ वटा शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब सात लाख रहेको छ ।








प्रतिक्रिया