सोमबार, पुष ७, २०८२

महालक्ष्मी विकास बैंक लि. र कलेजहरु बीच साझेदारी पत्रमा हस्ताक्षर

नेपालखोज २०७९ कार्तिक २० गते २०:२६

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ ।

हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख श्री बिशाल राज कार्कीले हस्ताक्षर गरेका हुन ।

त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पश्चात बैंकले कलेजका विद्यार्थीहरुका लागि छात्रवृतिको अवसर, रोजगार मेला, वित्तीय साक्षरता लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने छ ।

यस किसिमको सहकार्यबाट कलेजका विद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया