सोमबार, पुष ७, २०८२

राष्ट्र बैंकद्वारा पुनः १८ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०७९ कार्तिक २० गते २०:२४

काठमाडौ । नेपाल राष्ट्र बैंकले पुनः १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने कात्र्तिक २२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कूल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ मंसिर २० गते, २०७९ माघ २४ गते र २०८० बैशाख २६ गते तोकिएका छन् । यी ट्रेजरीहरु पुरानो नवीकरण अन्तर्गतका रहेका छन् ।यसअघि यही कार्तिक १४ गते पनि राष्ट्र बैकले १६ अर्ब ६६ कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया