शनिबार, पुष ५, २०८२

पृथ्वीमा मानिसको संख्या ८ अरब भन्दा बढी

नेपालखोज २०७९ कार्तिक २२ गते १३:३८

काठमाडाैं । संनसारको जनसंख्याले यो नोबेम्बर महिनाको प्रन्ध्र तारिक देखी आठ अरबको संख्या पार गर्दैछ । सन् १९५० मा संसारमा अढाई अरब मानिस थिए । यसको अर्थ पछिल्लो ७२ वर्षमा संसारको जनसंख्या ३ गुणा बढेको छ भन्ने नै हो । यद्यपि जनसंख्या बढ्ने रफतारमा पछिल्लो समयमा निकै कमिआएको छ ।

सन् १९६२ देखि १९६५ को बिच जनसंख्या वृद्धिदर २.१ प्रतिशत थियो । भने २०२० मा आइपुग्दा जनसंख्या वृद्धिदर १ प्रतिशत भन्दा पनि कममा सिमित भयो । संयुक्त राष्ट्र संघको अनुमान अनुसार २०५० पुग्दा नपुग्दै पृथ्वीको जनसंख्या आधा प्रतिशत भन्दा कममा खुम्चिन सक्छ ।

औसत आयु र युवाहरुको बढ्दो जनसंख्याका आधारमा के अनुमान गरिँदै छ भने सन् २०३० सम्ममा यो पृथ्वीमा अझै आधा अरब मानिस थपिने छन् । सन् २०५० सम्म संसारको जनसंख्या ९.७ अरब भन्दा बढी हुनेछ भने सन् २०८० मा संसारको जनसंख्याले १० अरबको आकडा पार गर्नेछ ।

यद्यपि अमेरिकी संस्था हेल्थ म्याट्रिक्स यान्ड इभ्यालुएसनको अनुमान छ-संसारको जनसंख्याले १० अरबको आकडा पार गर्ने छैन् । २०२० मा जारि रिपोर्टमा उक्त संस्थाले भनेको थियो सन् २०६४ मा संसारको जनसंख्या आफ्नो चरममा पुग्ने छ भने सन् २१०० मा संसारको जनसंख्या घटेर ८.८ अरबमा सिमित हुनेछ ।
स्रोत : डि–डब्ल्यु


प्रतिक्रिया