सोमबार, पुष ७, २०८२

सिटिजन्स बैंकद्वारा च्याटबट सेवाको सुरुवात

नेपालखोज २०७९ कार्तिक २२ गते २१:४८

काठमाडौं । डिजिटल बैंकिङलाई संधै प्राथमिकतामा राख्दै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्र्नेे क्रममा आफ्ना आदरणीय ग्राहकहरुका लागि वेबसाइटमार्फत च्याटबट सेवा सिटिजन्स साथिको शुभारम्भ गरेको छ ।

यस नवीनतम सेवा मार्फत अब आदरणीय ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथि द्वारा गर्न सक्ने छन् । साथै ग्राहकहरूले बैंकिङ सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्म मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने छन् । यस सेवा गा्रहक मैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ईकेवाईसी ।

तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्श्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

प्रतिक्रिया