सोमबार, पुष ७, २०८२

ब्रिसबेनमा नेपाल फेस्टिभल – २०२२

नेपालखोज २०७९ कार्तिक २४ गते ११:५०

काठमाडाै‌ । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य समितीले नेपाली दुताबास क्यानबेरा, नेपाली व्यवसायीवं प्रवासी नेपाली समुदायसँग हातेमालो गर्दै नेपाल फेस्टिभल – २०२२ को आयोजना गर्दैछ ।

नेपाली भेषभूसा , रिती रिवाज , घरेलु शिप तथा उत्पादनको प्रबर्दन गर्ने उदेश्य बोकेको यो फेस्टिभलमा स्थानीय तथा नेपालबाट आएका कलाकारहरुको प्रस्तुति , लोकप्रिय लाखे नाच एवं सँस्कृतिक प्रस्तुति, नेपाल झल्काउने नेपाल हाउसको प्रदर्शनी, नेपाली उत्पादनका स्टलहरू, अनेकौँ शैक्षिक प्रदायक, पेशाकर्मी परामर्श दाताको सहभागिता , अष्ट्रेलिया र नेपालमा कार्यरत बिज्ञ वैज्ञानिक एवं व्यवस्थापकहरुको उपस्थितिका साथै नेपाली परिकारको स्वाद विशेषता का रुपमा रहनेछ ।

महोत्सवमा दिपक बज्राचार्य तथा दि रिदम ब्याण्ड सँगै प्रकाश सपुत , स्थानीय कलाकार बिश्व बस्नेतको दि सरगम ब्याण्ड आदिले बिशेष प्रस्तुति दिनेछन् । नेपाल झल्काउने सरसामान प्रदर्शन गरिने नेपाल हाउस (नेपाली घर) यो महोत्सवको खास आकर्षण हुनेछ । नेपाल फेस्टिभल ब्रिसबेन शहरको केन्द्र King George Square मा मङ्सिर २७ गते ( नोभेम्बर १३ )आइतबारका दिन दिनभर चल्ने बताइएकोछ ।

प्रतिक्रिया