सर्प र काँचुली
केदार शर्मा
२०७९ कार्तिक २६ गते ७:२४

जति पटक काँचुली फेरे पनि सर्प
सर्पबाहेक केही पनि हुन सक्दैन
तर सर्पलाई
काँचुली फेरे पिच्छे
आफू फेरिएझैँ लाग्छ
र ऊ आफूलाई सबैले
फेरिएकै ठाने भन्ने ठान्छ
।
बरा सर्प
काँचुली फेर्नुको अर्थ
केही पनि लाग्दैन भन्ने जान्दैन
र
काँचुली फेर्नुभन्दा पर
कुनै परिवर्तन हुन्छ भन्ने पनि जान्दैन
त्यसैले त ऊ
जेको पनि,
मौका पर्दा देशको समेत
काँचुली फेर्ने कुरा मात्र गर्छ ।
।
(मंसीर ४ सर्पहरूले काँचुली फेर्ने दिन मात्र नबनोस्)
सम्बन्धित
प्रतिक्रिया