मंगलबार, वैशाख १८, २०८१

गोदावरीमा गुुँदपाक वितरण

नेपालखोज २०७७ वैशाख ४ गते १४:१९

ललितपुर । गोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुत्पाक वितरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पु¥याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो ।

गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य राहत सामग्री पनि वितरण गरिएको नगरपालिका उपप्रमुख मुना अधिकारीले बताए । उनले भने, “हामीले बच्चा पाएर छ महिनामा हिँडिरहेका महिलालाई समेत सुत्केरी मसलाका रुपमा गुँदपाक वितरण गरिरहेका छौँ।” बन्दाबन्दीका बेला दूधेबालकको आमाका शरीरमा तागत चाहिन्छ भनेर यस कामलाई अघि बढाइएको अधिकारीले जानकारी दिए ।
नगरपालिकाबाट ५५३ महिलाले सुत्केरी मसलाका रुपमा गुँदपाक लिइसकेको प्रवक्ता मिलन सिलवालले बताए । उनले भने, “हामीले तीन किसिमको नियम बनाएर नगरपालिकामा अतिविपन्न, मजदूर, अपाङ्गता भएका र अशक्त आदिलाई राहत वितरण गरिरहेका छौँ । गोदावरीका सुत्केरी महिलालाई समेत छुट्टै एक भाग राहत वितरण गरियो ।”

गोदावरीले दुई जनाको परिवार, दुईभन्दा माथिको परिवार र चार जनामाथिको परिवारलाई प्रतिपरिवार क्रमशः पाँच, १० र १५ किलो चामल, आधा, एक र डेढ लिटर तेल र चिउरा, एकएक पोका नुन तथा दुईदुई साबुन वितरण गरिरहेको सिलवालले बताए । गोदावरीमा करीब दश हजार व्यक्ति तथा परिवारलाई राहत वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया