मंगलबार, वैशाख १८, २०८१

कोरोना संक्रमणको सूचना प्रवाहमा दूरसञ्चार प्राधिकरणको आग्रह

नेपालखोज २०७७ वैशाख ४ गते १५:३९

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले कोरोनाको महामारी फैलिनबाट रोक्ने अभियानका सहयोग गर्ने भएको छ । हाल विश्वव्यापी रुपमा महामारीको फैलिँदै गएको कोभिड १९ कोरोना भाईरस संक्रमण नेपालमा फैलिन नदिन संक्रमणको पहिचान गरी तत्काल परिक्षण तथा उपचार गर्न आम नागरिकहरुको स्वास्थ्यसँग सम्वन्धित प्रश्नहरु दुर संचार कम्पनीहरु नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको फोन प्रयोग कर्ताहरुको मोवाईलमा एसएमएम पठाउने व्यवस्था प्राधिकरणले गरेको छ ।

प्राधिकरण विज्ञप्ति मार्फत सो सेवा उपलब्ध गराएको जानकारी दिएको छ । प्राधिकरणद्धारा जारी विज्ञप्तिमा भनिएको छ, तपाईँले प्रयोग गर्नु भएको मोवाईलमा एसएमएस प्राप्त भएपछि नेपाल टेलिकमको सर्ट कोड *1419#, एनसेलको सर्टकोड *17100# डायल गरी आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिई आफू, आफ्नो समाजर सम्पूर्ण देशलाई कोरोनाबाट जोगाउने अभियानमा सहयोग गर्न अनुरोध गरेको छ ।

यसरी कुनै पनि कोड डायल गरी स्वास्थ्यसँग सम्वन्धित प्रश्नहरुको उत्तर पठाउँदा कुनै पनि शुल्क नलाग्ने समेत नेपाल दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिक्रिया