आइतबार, जेठ ५, २०८२

चीन र रुसद्वारा श्रव्य दृश्य आदानप्रदान कार्यक्रम सुरु

नेपालखोज २०७९ मंसिर ५ गते १३:१७

मस्को । चीन र रुसले आइतबार भिडियो लिङ्क मार्फत “श्रव्य दृश्य सञ्चार सप्ताह-२०२२” को प्रमुख सांस्कृतिक आदानप्रदान कार्यक्रम शुरु गरेका छन्।

चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनका उपप्रमुख ले युचेङ, रुसका डिजिटल विकास, सञ्चार तथा आमसञ्चार उपमन्त्री बेला चेर्केसोवा र चीनका लागि रुसी राजदूत इगोर मोरगुलोभले एक समारोहका बीच भिडियो सन्देशहरू दिएका थिए।

‘चीन-रुस श्रव्य दृश्य सञ्चार सप्ताह-२०२२’ मा दुई देशका श्रव्य दृश्य कृतिहरू एकअर्काको भाषामा अनुवाद गरी एकअर्काको देशमा प्रसारण गरिनेछ।

कार्यक्रममा चिनियाँ र रुसी युवा गायकहरूका लागि अनलाइन गाला (प्लेटफर्म), छोटो भिडियो प्रतियोगिता र एनिमेसन व्यवसायका फर्महरूका लागि लाभदायक हुने सेमिनार पनि समावेश हुनेछन् ।

प्रतिक्रिया