आइतबार, जेठ ५, २०८२

पुणे-बेगललुरु राजमार्गमा एउटा ट्रकले ४८ वटा गाडिलाई दिय‍ो ठक्कर

नेपालखोज २०७९ मंसिर ५ गते १५:१५

काठमाडौं । आइतबार राती पुणे-बेगललुरु राजमार्गमा एउटा भयानक सडक दुर्घटना भयो जसमा ४८ वटा गाडि क्षतिग्रस्त भए। उक्त घटनामा कम्तीमा १० जना घाइते भएको बताइएको छ । रिपोर्ट अनुसार आइतबार राति तीव्र गतिमा रहेको ट्रकले एकपछि अर्को गरि सडकका अनेकौं गाडिलाई ठक्कर दिएको थियो ।

आइतबार करिब ८:४५ बजे उक्त दुर्घटना भएको हो । घटनास्थलमा सुरक्षा बल र दमकलको टोली पीडितहरुलाई सहयोग गर्न पुगेका थिए र ट्रकले ठक्कर दिएका कारमा फसेका मानिसहरुलाई निकै कठिनाईका साथ बाहिर निकालेका थिए । पुणे-बेगललुरु राजमार्गको जुन भागमा यो दुर्घटना भएको थियो, त्यहाँ विगतमा पनि यस्ता दुर्घटना भएका छन् ।

दुर्घटनाबारे जानकारी दिँदै पुणेका प्रहरी उपायुक्त सुहेल शर्माले भने, ‘प्रारम्भिक जानकारीअनुसार ब्रेक फेल भएर ट्रक तीव्र गतिमा गुडेको भए पनि अनुसन्धान जारी छ । सौभाग्यवश, उक्त घटनामा कोहि हताहत भएनन । दुर्घटनामा घाइते भएकाहरुको अवस्था सामान्य छ ।

दुर्घटना भएको ट्रक आन्ध्र प्रदेशको हो । दुर्घटनापछि ठूलो मात्रामा गाडीहरुको तेल सडकमा फैलिएको छ । उद्धारका क्रममा त्यहाँ सवारी आवागमन बन्द गरिएको थियो ।

प्रतिक्रिया