चीनमा बुधबार मात्र ३१ हजार ५३७ जना नयाँ संक्रमित फेला
नेपालखोज
२०७९ मंसिर ८ गते १५:४५

काठमाडाैं । चीनमा बुधबार मात्र ३१ हजार ५३७ जना नयाँ संक्रमित फेला परेका छन् । कोरोनाभाइरसको नियन्त्रणमा सख्त कदम अपनाएको चीनमा पछिल्लो समय दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गएको छ । बेइजिङ र ग्वानझाओजस्ता सहरहरुमा कोरोना संक्रमण बढ्दो देखिएको हो ।
बुधबार मात्र चीनमा ३१ हजार ५३७ जना नयाँ संक्रमित फेला परेका छन् । गत अप्रिलमा एकैदिन सबैभन्दा बढी २८ हजारमा संक्रमित फेला परेका थिए । त्यतिबेला सांघाई सहरलाई लकडाउन गरिएको थियो । चीनको जिरो कोभिड नीतिले देशमा हजारौँको ज्यान जोगाएपनि पछिल्लो समय चीनमा यस नीतिको विरोध भइरहेको छ ।
विरोधपछि चीनले आफ्ना कडा नीति केही खुकुलो बनाएको थियो । जसले गर्दा अहिले चीनमा पनि संक्रमितको संख्या बढ्न थालेको हो ।
सम्बन्धित
प्रतिक्रिया