स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) बिच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवाखरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सक्ने जनाएको छ ।
उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन् । स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् ।
तथा देशैभरी छरिएर रहेको आफ्नो १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।








प्रतिक्रिया