शुक्रबार, असार २०, २०८२

सुनसरी–४ मा मतगणा सुरु, कार्कीको अग्रता

नेपालखोज २०७९ मंसिर १३ गते १९:०१
प्रतीकात्मक तस्बिर

सुनसरी । शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो । मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेद्वारको पक्षमा छ सय छ मत थपेपछि विवाद सिर्जना भएको थियो ।

विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणना गर्न माग गरेका थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकाले पुनः मतगणनाको माग गर्नु भए पनि सोमबार साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना सुरु गर्न निर्देशन दिएको थियो ।

आज बसेको सर्वदलीय बैठकले धाँधलीरहित, शान्तिपूर्ण, निष्पक्ष र सिसीटिभीको निगरानीमा मतगणना गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार कार्कीले एक एक ६२ मतले अग्रता लिएका छन् । उनले २३ हजार सात सय ६६ मत प्राप्त गरेका छन् भने एमालेका तर्फबाट जगदीशप्रसाद कुसियैतले २३ हजार छ सय चार मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया