सोमबार, पुष ७, २०८२

उपासना हिमालयन रि इन्स्योरेन्सको डेपुटी सिईओ नियुक्त

नेपालखोज २०७९ मंसिर १४ गते ८:३६

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) मा उपासना पौडेललाई नियुक्त गरेको छ । करिब चार वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी छिन् ।

यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिइन् । २०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् ।

३४ वर्षको उमेरमै सिईओको भूमिका निर्वाह गरेकि उपासना सँग एक दशक भन्दा बढी समयको कार्यअनुभव छ । पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएको अध्ययन पुरा गरेकी छिन् ।

प्रतिक्रिया