मिस इन्टरनेसनलमा भाग लिन न्यान्सी खड्का जापान प्रस्थान
नेपालखोज
२०७९ मंसिर १४ गते ११:४०

काठमाडौं । कोरोना महामारीको कारण बितेका दुईवर्ष देखि भर्चुअलरुपमा संचालन हुँदै आएको मिस इन्टरनेसनल यसपटक जापानको टोकियोमा हुन लागेको छ । यो प्रतियोगिता डिसेम्बर १३ मा टोकियोमा ६० औं संस्करणका रुपमा संचालन हुँनेछ जसमा ६८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्नेछन । राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउने उदेश्यले यसपटकको मिस इन्टरनेसनलको नारा ‘ब्यूटीज् फर एसडीजीज्’ राखिएको छ ।
यो विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का सहभागी हुँदैछिन । त्यसका लागि उनि
मंगलबार राती नेपाल वायुसेवा निगमको जहाजमा टोकियोतर्फ प्रस्थान गरेकि छिन् । उनीसँगै मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया