चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षकाे उमेरमा निधन
नेपालखोज
२०७९ मंसिर १४ गते १५:३४

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले ९६ वर्षीय जेमिनको निधन भएको बताएको छ ।
जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए । उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।
सम्बन्धित
प्रतिक्रिया