मंगलबार, वैशाख २५, २०८१

४ अंकले नेप्से घट्दा ९६ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर २० गते १५:३९

काठमाडौं । नेप्सेको गिरावटले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २४ अंकले घटेको नेप्से आज पुन चार दशमलव ८७ अंकले घटेर १९ सय ३३ दशमलव ८८ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले घटेर तीन सय ७८ दशमलव आठ अंकमा झरेको छ । आज दुई सय ३८ वटा कम्पनीहरुको १९ हजार एक सय २१ पटकको कारोबारमा २५ लाख ८१ हजार चार सय २५ कित्ता सेयर खरिद बिक्री भएकोमा कूल कारोबार रकम ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा तीन वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सो मध्ये जीवन बीमा समुहको सुचक शुन्य दशमलव ६७ अंकले बढेर नौं हजार दुई सय ९४ दशमलव ९५ अंकमा चढेकोमा लघुवित्त र अन्य समूहको सुचक पनि बढेका छन् । बाणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव ३१ अंकले घटेर १३ सय ५५ दशमलव ३५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक २३ दशमलव ८६ अंकले घटेर तीन हजार चार सय छ दशमलव १८ अंकमा झरेको छ ।

जलविद्युत समुहको सूचक पनि आठ दशमलव ७७ अंकले घटेर १९ सय ९६ दशमलव ६६ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सूचक पनि २७ दशमलव पाँच अंकले घटेर सात हजार पाँच सय ८८ दशमलव छ अंकमा झरेको छ । यी बाहेक फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामूहिक लगानी कोष र टेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज धौलागिरी लघुवित्त वित्तीय संंस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव १७ प्रतिशतले बढेर तीन सय ४८ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनएमबी बैंकको प्रतिकित्ता सेयर मुल्य छ दशमलव सात प्रतिशतले घटेर दुई सय ३६ रुपैयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज सिमेन्टको प्रतिकित्ता पाँच सय ८० रुपैंयाँ अन्तिम मुल्यमा आठ करोड १२ लाख ३४ हजार सात सय ९९ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया