मंगलबार, वैशाख १८, २०८१

डिसेम्बरमा लन्च हुने स्मार्टफोनहरू

नेपालखोज २०७९ मंसिर २१ गते १६:४७

काठमाडौं । अहिले स्मार्टफोनको बजार निकै बढेको छ। गत महिना पनि अनेकौं स्मार्टफोन लन्च भएका थिए। धेरै फ्ल्यागशिप स्मार्टफोन यो महिना अर्थात् डिसेम्बरमा पनि लन्च हुँदैछन् ।

कतिपय महिनाको सुरुमा र केही महिनाको अन्त्यमा बजारमा आउनेछन् । यो महिना ५ वटा ब्रान्डले आफ्ना नयाँ स्मार्टफोन बजारमा उतार्दैछन् तीमध्ये तीनवटा चीनमा लन्च हुनेछन् भने दुईवटा विश्व बजारमा आउनेछन् ।

यो महिना आउने फोनमा Xiaomi, Realme, Tecno, iQOO तथा Tecno का स्मार्टफोनहरू समावेश छन्। Tecno ले यो महिनाको सुरुमा Tecno Phantom एक्स टु लन्च गर्नेछ। यो फोनका फिचर्सहरु टिपस्टर्सले लीक गरेको छ । यो फोन फोन ६.८ इन्च फुल एचडी + डिस्प्ले ले सुसज्जित छ, जसमा १२० हर्जको रिफ्रेस रेट तथा AMOLED स्क्रिन रहनेछ। यो फोनमा ६४ एमपिको ट्रिपल क्यामेरा सेटअप तथा ३२ एमपिको सेल्फी शूटर हुनेछ।

यो फोनले ५ ,१०० एमएएच ब्याट्री प्याक गर्नेछ भने यो ,फोन एन्ड्रोइड १२ मा चल्ने अपेक्षा छ। Xiaomi १३ सिरिज को बिक्री १ डिसेम्बरमा सुरु हुने थियो तर अब यो फोन अर्को हप्ता लन्च हुने अपेक्षा गरिएको छ। भनिन्छ यो श्रृंखलामा Xiaomi १३ तथा Xiaomi १३ प्रो मोडलहरू लन्च हुनेछन्। यिनको डिजाइन भने समान हुनेछ। भ्यानिला मोडलको डिजाइन फ्ल्याट हुनेछ तथा प्रो मोडलमा घुमाउरो बडी रहनेछ। यो फोनमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध हुनेछ। यो फोनमा ६७ वाटको फास्ट चार्जिङ सपोर्ट दिइने सम्भावना छ।

Realme १० प्रो सिरीज अन्तरगत दुई मोडल Realme १० प्रो र Realme १० प्रो प्लस बजारमा आउनेछन्। यो फोन चिनियाँ बजारमा आइसकेको छ । Realme १० प्रो ले ६.७ इन्चको डिस्प्ले तथा १२० हर्जको रिफ्रेस रेट पाउनेछ। यो फोनमा १०८ एमपि को शक्तिशाली क्यामेरा हुनेछ र अगाडि १६ एमपिको सेल्फी क्यामेरा हुनेछ। यसमा ५००० एमएएच को ब्याट्री उपलब्ध हुनेछ। Realme १० प्रो प्लसले ६.७ इन्चको घुमाउरो डिस्प्ले पाउनेछ भने यसमा १०८ एमपिको क्यामेरा तथा १६ एमपिको सेल्फी क्यामेरा उपलब्ध हुनेछ। यसको ब्याट्री पनि ५००० एमएएच कै हुनेछ। हुवावेले Huawei Enjoy ५०जेड तथा Huawei Nova १० एसइ गरी दुईवटा फोन लन्च गर्ने बताएको छ । यी दुबै फोरजी फोन हुनेछन् र यसको मूल्य पनि कम हुने अपेक्षा गरिएको छ। iQOO ११ सिरिज तथा iQO नियो ७ एसइ एकैसाथ लन्च गरिनेछ ।

यो फोन अर्को हप्ता लन्च हुने अपेक्षा गरिएको छ । iQOO ११ श्रृंखलामा दुई मोडेल (iQOO ११ तथा iQOO ११ प्रो)समावेश हुनेछन् । यसको नियमित मोडलमा फ्ल्याट स्क्रिन तथा प्रो मोडलमा कर्भ डिस्प्ले उपलब्ध हुनेछ। प्रो मोडलले ६.७ इन्चको डिस्प्ले पाउनेछ। यसमा ५० एमपिको प्राथमिक क्यामेरा उपलब्ध हुनेछ भने ४७०० एमएएचको ब्याट्री २०० वाट को फास्ट चार्जिङका साथ उपलब्ध गराइनेछ । iQOO नियो सेभेन एसइ पनि एकै दिन लन्च हुनेछ। यो फोनमा ६.७८ इन्चको स्क्रिन, ६४ एमपीको क्यामेरा तथा ५००० एमएएचको ब्याट्री रहने बताइएको छ।

प्रतिक्रिया