कुमारी बैंकद्वारा रेमिट आईपीओ बचत खाता सञ्चालन

काठमाडौं । कुमारी बैंक लिमिटेडले रेमिट आइपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपिओ बचत खाता सञ्चालनमा ल्याएको हो ।
बैंकले ‘कुमारी रेमिट आइपिओ बचत खाता’ नाममा सञ्चालनमा ल्याएकोे खाता वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरूका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्थासहित ल्याएको जानकारी दिएको छ ।
बैंकका अनुसार श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आइपिओ बचत खाता खोली प्राथमिक सेयरमा आवेदन दिन सकिने छ । बैंकका कुनै पनि शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको जनाइएको छ ।
यो खाता योजनाले वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक सेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न मद्दत गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा एक सय ९९ शाखा, एक सय ९५ एटिएम, ६० शाखारहित बैंकिङ एकाइ तथा ३६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया