सोमबार, पुष ७, २०८२

पुन १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७९ मंसिर २५ गते २१:३०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

मंसिर २७ गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँ बराबरको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ पुस २६ गते, २०७९ फागुन ३० गते, २०८० बैशाख जेठ ३० गते र २०८० मंसिर २६ गते तोकिएका छन् ।

यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ । यसअघि गत साता पनि राष्ट्र बैकले १९ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया