सोमबार, पुष ७, २०८२

एभरेष्ट बैंकको बार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ मंसिर २६ गते २२:०६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २८ औं बार्षिक साधारण सम्पन्न भएको छ । बैंकको सोमबार सम्पन्न भएको साधारण-सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७८/०७९को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले सेयरधनीहरुलाई आ.ब २०७८/०७९ का लागि १३ प्रतिशत बोनस सेयर र सात दशमलव ६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट बृद्धि गरी १५ अर्ब पुर्याउने प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले कन्र्भटेवल प्रिफरेन्स सेयर अन्तिम पटक साधरण शेयरमा परिणत हुने र प्रस्तावित बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी बृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

बैंकको साधारण सभाले आ.ब २०७९/८० को लागि श्री एन.अमात्य एंड कम्पनी,चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

प्रतिक्रिया