सोमबार, पुष ७, २०८२

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि सम्झौता

नेपालखोज २०७९ मंसिर २७ गते १६:०७

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ । कम्पनीले धनगढी स्थित के.जी हष्पिटल अत्तरिया स्थित अत्तरिया अस्पताल, महेन्द्रनगरस्थित लाईफ केयर प्याथालोजीका साथै लाल रत्न अस्पताल, लम्कीसँग पनि मेडिकल अन्डर राइटिंग को लागि सम्झौता गरेको हो ।

कम्पनीका ग्राहकवर्गलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेक-अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले बताएको छ । उक्त सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, रिजनल मेनेजर ललित बहादुर साउदका साथै कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया