शिखर इन्स्योरेन्स कम्पनीले पायो न्यूबिज अवार्ड

काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीले न्युबिच अवार्ड पाएको छ । कम्पनीले न्यूबिज अवार्ड फर बेस्ट म्यानेज्ड निर्जीवन इन्स्योरेन्स कम्पनी अवार्ड २०२२ पाएको हो ।
नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीलाई न्यू बिजनेश एज प्रालिले सोमबार, १२ डिसेम्बर २०२२ मा आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा अन्तरगत बेस्ट म्यानेज निर्जिवन बीमा कम्पनी अवार्डको प्रथम विजेता घोषित गरेको हो ।
यो अवार्ड विभिन्न वित्तीय तथा गैर–वित्तीय मापदण्डहरूको आधारमा निर्धारण गरिएको र आयोजकहरूद्वारा नियुक्त निर्णायक मण्डलले निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले देशभर एक सय छ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहको छ ।
कम्पनीमा छ सय भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । कम्पनीले मौसमी सूचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनस्थिति बीमा जस्ता नविनतम बीमाको शुरुवात गरी नेपालमा बीमा क्षेत्रको विस्तार गर्न उल्लेखनिय योगदान पुर्याउँदै आइरहेको छ । शिखरले २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु विजनेस एज संस्थाबाट वेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
नेपालको दुर दराज जिल्लाहरू जुम्ला, कालिकोट, डोल्पा र मुगु का जनतालाई बर्षेनी मौषमका कारण स्याउ खेतीमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सूचकांकमा बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपुर्ति प्रदान गरेकै कारण युके एडबाट समेत कम्पनीले ५०,००० पाउण्डस्ट्रलिङ बराबर पुरष्कार राशी प्राप्त गरेको थियो ।
कम्पनीलाई टिबिअइ प्रकाशन प्रा. लिले २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीकोरूपमा पनि नाम दिइएको थियो र कारोबार उत्कृष्टता पुरस्कार प्रदान गरिएको थियो । २०२२ मा कर्पोरेट क्लब नेपाल प्रा. लिले बीमा सेवामा कर्पोरे उत्कृष्टताको लागि एच. आर. एम. नेपाल अवार्डबाट सम्मानित गरिएको थियो ।








प्रतिक्रिया