कंगाेको राजधानीमा भीषण वर्षा, १५ जनाको मृत्यु, मृतक र घाइतेको संख्या बढ्न सक्ने
नेपालखोज
२०७९ मंसिर २७ गते २१:५४

काठमाडाैं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानी किन्सासाका विभिन्न जिल्लाहरूमा मङ्गलबार बिहान परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका रहेको बताइएको छ । वर्षाका कारण धेरै मानिसहरू अझै पनि भग्नावशेषमा फसेकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया