समृद्धि फाइनान्सद्वारा जनकपुरको बृद्धा आश्रममा न्यानो लुगा वितरण
नेपालखोज
२०७९ पुष १ गते १०:२६

काठमाडौं । समृद्धि फाइनान्सले बिहिबार जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर वडा न. ८ मा रहेको जानकी बृद्धा आश्रममा बृद्धबृद्धालाई कम्बल वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रम अन्र्तगत २० जना बृद्धबृद्धालाई फाईनान्सका जनकपुरशाखा प्रमुख अमर चौधरी रजानकी बृद्धाआश्रमका कोषाध्यक्ष ललित बजाजको उपस्तिथिमा कम्बल वितरण गरिएको फाईनान्सका व्यवसाय प्रवर्द्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले मंसिर २८ गते पनि बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विधालयका २६ जना बिधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया