सोमबार, पुष ७, २०८२

सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच सम्झौता

नेपालखोज २०७९ पुष १ गते १४:४९

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाडौं क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । थ्रिडी सिआरटी सेवा, आईएमआरटी सेवा, भि म्याट सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनी कुमार झा र बैंकको तर्फबाट वाग्मती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका हुन् । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया