कामना सेवा बिकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी

काठमाडौं । समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट औपचारिकरुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो ।
बैंकका नायव महा प्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्तरुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत बिकाश ढुङ्गाना लगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, एससिटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम पिओएसके जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।








प्रतिक्रिया