माछापुच्छ्रे क्यापिटलको तेस्रो साधारणसभा सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटार, काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको आतिथ्यमा कम्पनीले बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०७९/०८० का लागि लेखापरिक्षकको नियुक्ती, स्वतन्त्र संचालक नियुक्ती तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनहरु पारित भएका छन् ।
कम्पनीको तेश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएको र कम्पनीले आगामी वर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फण्ड, विशिष्टकृत लगानी कोष लगायतका थप सेवा सहित बजारमा आउने योजना रहेको बताए ।कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गरे ।
साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे वैंक लि, नियामक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीका कर्मचारीहरु सबैलाई हार्दिक धन्यबाद व्यक्त गरे ।








प्रतिक्रिया