शनिबार, जेठ ४, २०८२

विश्वकप फुटबलमा धनको वर्षा

नेपालखोज २०७९ पुष ३ गते ९:००

काठमाडाैं । फिफा विश्वकप २०२२ को फाइनल खेल डिसेम्बर १८ अर्थात पुस ३ गते आइतबार नेपाली समयअनुसार राति ८.४५ बजे खेलिदैछ । यो फिफा विश्वकप बिजेता तथा उपविजेताले के – कस्तो पुरस्कार पाउने छन त ?

त्यस अघि फिफा विश्वकप ट्रफीका बारेमा जानकारि लिउँ किनभने यो ट्रफी आफैमा विशेष छ । फिफा विश्वकप ट्रफी विश्वको सबैभन्दा महँगो खेल ट्रफी हो। यसको मुल्य २३० करोड रुपैयाँ बराबर छ । १८ क्यारेट सुनबाट बनेको यो ट्रफीको तौल करिब ६ किलो (१३ पाउण्ड) छ । यस्तै, यसको उचाइ ३७ सेन्टिमिटर जति छ।

हालसम्म ब्राजिलले सबैभन्दा बढी ५ पटक फिफा विश्वकपको उपाधि जितेको छ । इटाली र जर्मनीले ४–४ पटक यो ट्रफी जितेका छन् । अर्जेन्टिना, फ्रान्स र उरुग्वेले २–२ पटक फिफा विश्वकप ट्रफी जितेका छन् । इङ्ल्यान्ड र स्पेनले एक–एक पटक फिफा विश्वकप ट्रफी जितेका छन् । हालसम्म कुनै पनि एसियाली तथा अफ्रिकी राष्ट्रले फिफा विश्वकपको उपाधि जित्न सकेका छैनन ।

विजेताले कति पुरस्कार पाउँछन् ?
फिफा विश्वकपको उपाधि जित्ने देशलाई ४२ मिलियन डलर तथा उपविजेता देशलाई ३० मिलियन डलर पुरस्कार राशि प्रदान गरिनेछ भने कतार विश्वकपमा ४ अर्ब बराबरको पुरस्कार राशि बाडिनेछ । कतारमा तेस्रो हुने मुलुकले २७ मिलियन डलर तथा चौथो हुने मुलुकले २५ मिलियन डलर प्राप्त गरेका छन् ।

कतार विश्वकपमा कसले कति रकम पाउँछन ?

• विश्वकप विजेता : ४२ मिलियन डलर

• विश्वकप उपविजेता : ३० मिलियन डलर

• तेस्रो स्थान : २७ मिलियन डलर

• चौथो स्थान : २५ मिलियन डलर

• सेमिफाइनलमा हार्ने सबै देश १७ – १७ मिलियन डलर ।

• क्वार्टरफाइनलमा हार्ने सबै देश १३ – १३ मिलियन डलर ।

• प्रीक्वार्टरफाइनल (टप १६) मा पर्न सफल सबै देश ९ – ९ मिलियन डलर ।

प्रतिक्रिया