शनिबार, जेठ ४, २०८२

फाइनलमा गोल्डेन बुटको लडाई मेस्सी कि एमबाप्पे ?

नेपालखोज २०७९ पुष ३ गते १२:३०

काठमाडाैं । आज कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलको खेल हुँदैछ । यो वर्षको विश्वकपमा अहिलेसम्म निकै रोमाञ्चक खेलहरू देखिए भने धेरै राम्रा देश निरास पनि भए ।

विश्वकपका हरेक खेलसँगै गोल्डेन बुटको दौड पनि रोमाञ्चक बन्दै गएको छ । जसमा फ्रान्सका एमबाप्पे र अर्जेन्टिना लियोनेल मेस्सी शीर्ष स्थानमा छन् । यद्यपि अन्य खेलाडीहरु पनि धेरै पछाडि छैनन् ।

किलियन एमबाप्पे : फ्रान्सेली स्टार फुटबलर किलियन एमबाप्पे अहिले गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। २३ वर्षीय एमबाप्पेले अहिलेसम्म चार खेलमा पाँच गोल गरिसकेका छन् । एमबाप्पेले अष्ट्रेलियाविरुद्ध एक गोल र डेनमार्क तथा पोल्याण्डविरुद्ध दुई–दुई गोल गरेका थिए । फ्रान्सले मोरक्कोसँग खेलेको सेमिफाइनलमा एमबाप्पे कुनै गोल गरेनन्।

लियोनल मेसी : विश्वका महान् फुटबलरमध्येका एक लियोनल मेस्सी यो विश्वकपमा राम्रो फर्ममा छन् र आफ्नो देसका लागि हरेक खेलमा योगदान दिइरहेका छन् । ३५ वर्षीय मेस्सीले साउदी अरेबिया, मेक्सिको र अष्ट्रेलियाविरुद्ध गोल गरेका थिए । अर्जेन्टिनाको सेमिफाइनल क्रोएसियासँग थियो जसमा उनले पेनाल्टी गोल गरे । त्यसैले यसमा पनि मेस्सीले दुई गोल गरे भने उनी एमबाप्पेभन्दा अगाडि हुनेछन् । मेस्सीले पनि अहिलेसम्म पाँच गोल गरेका छन् ।

यस्तै मेसी र एमबाप्पेपछि रहेका अर्जेन्टिनाका अल्भारेज र फ्रान्सका जिरुडले समान ४ गोल गरेका छन् । फाइनल दुई गोल गर्ने सके अल्भारेज र जिरुडलाई पनि गोल्डेनबुट जित्ने अवसर हुनेछ । फ्रान्सका लागि एन्टोइनी ग्रीजमनले यस विश्वकपमा प्लेमेकर भूमिका निर्वाह गर्दै तीन असिस्ट गरेका छन् भने हर्नान्डेजले पनि २ असिस्ट गरेका छन् ।

प्रतिक्रिया